बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मुगलान’ को गीत ‘पुन्टु पियारी’ सार्वजनिक

मङ्गलबार, ०२ मङ्सिर २०८२, ०१ : २६
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • रिहान प्रोडक्सनको चलचित्र 'मुगलान'को गीत 'पिन्टु पियारी' सार्वजनिक भएको छ।
  • गीतमा प्रभात पाल र स्मारिका ढकालको नृत्य रहेको छ, जसलाई दर्शकले मन पराएका छन्।
  • हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारको स्वर रहेको गीतको सङ्गीत किरण भुषालले दिएका हुन्।

काठमाडौँ । रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’ को गीत सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो। 

‘डान्सिङ’ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले प्रस्तुति रहेको छ । उनीहरूको प्रस्तुतिलाई दर्शकले पनि रुचाएका छन्।  युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ। 

गीतमा गायक हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारले गाएका छन्। गीतलाई सङ्गीत र शब्द रचना पनि हरिले नै गरेका छन्। त्यसै गरी गीतको एरेन्ज, मिक्सिङ एचबिएन किस्मतले गरेका छन् भने यो गीतको रेकर्डिङ राज खड्काले गरेका छन्। 

फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता  गोमन सिंह रहेका छन्। यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’को सम्पादन,  जय विष्ट र राम गुरुको द्वन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देवेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ। 

फिल्ममा सङ्गीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहेका छन्। फिल्मको वितरण आर आर फिल्मस्ले गर्दै छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप