उपत्यका मेयरहरूसँग प्रधानमन्त्रीले छलफल गर्दा अनुपस्थित रहे बालेन
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले सोमबार काठमाडौँ उपत्यकाका मेयरहरूसँग बालुवाटारमा छलफल गरिन्।
- छलफलमा काठमाडौँ महानगरका मेयर बालेन शाह अनुपस्थित रहे, र उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गुनासो गरिन्।
- यसअघि पनि बालेन शाह विगतका बैठकहरूमा सहभागी भएका थिएनन्, र प्रधानमन्त्रीले उनको स्वभावबारे टिप्पणी गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार साँझ बालुवाटारमा काठमाडौँ उपत्यकाका मेयरहरूको फोरमसँग छलफल गरेकी छन्। उपत्यकाका तीनै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरू सहभागी रहेको उक्त छलफलमा फोरमका सदस्य काठमाडौँ महानगरका मेयर बालेन शाह भने बैठकमा अनुपस्थित रहे।
उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तह प्रमुखहरूको साझा मञ्च मानिने मेयर्स फोरमका बैठकमा बालेन यसअघि पनि सहभागी हुने गरेका थिएनन् ।
विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पनि मेयर बालेन सहभागी भएका थिएनन्। साेमबारकाे बैठकमा उनको अनुपस्थितिबारे प्रधानमन्त्री कार्कीले गुनासो गरेको एक मेयरले बताए ।
यसअघि बालुवाटारमै पत्रकारहरूसँग छलफलका क्रममा प्रधानमन्त्री कार्कीले मेयर बालेनको स्वभावलाई संकेत गर्दै टिप्पणी गरेकी थिइन् । उनले भनेकी थिइन् , ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ। उसको बानी फरक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण