प्रतिनिधिसभा विघटनविरुद्ध अदालत र सडक सङ्घर्षमा जाने ओलीको घोषणा
सारांश
- केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध कानुनी लडाईं र सडक संघर्ष गर्ने घोषणा गरे।
- ओलीले असंवैधानिक सरकार हटाउनुपर्ने र भदौ २३ र २४ को आन्दोलनलाई देशलाई अन्धकारतर्फ धकेल्ने प्रयास भने।
- ओलीले पार्टीले पुनर्स्थापनाका लागि निर्णय गरिसकेको र अहिलेको सरकार अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन् ।
मंगलबार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कानुनी लडाई र सडक सङ्घर्ष गर्ने घोषणा गरेका हुन् ।
‘एउटा कानुनी लडाई लड्छौ, दोस्रो सडक सङ्घर्ष गर्छौ’, अध्यक्ष ओलीले भने, एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक,शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुनेछ ।’
अध्यक्ष ओलीले अहिलेको असंवैधानिक सरकार हट्नुपर्ने र त्यसमा कुनै मुलाहिजा नहुने बताए । उनले भदौ २३ र २४ को आन्दोलन देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दुका रूपका रहेको बताए ।
‘देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दु बनाइएको छ । यो हाम्रा लागि सैह, स्वीकार्य र मान्य हुनेछैन’, ओलीले भने, ‘यस्ता कुरामा पनि चुप लालेर बस्ने ? देशद्रोही विरुद्धका काममा पनि चुप लागेर बस्छौ भने राजनीतिक पार्टीको अस्तित्व के ? यति पनि हामी बोल्न सक्दैनौ, संविधान र लोकतन्त्रका पक्षमा उभिन सक्दैनौ भने त्यो पार्टी किन खोलेको भन्ने प्रश्न उठ्दैन ? यसर्थ हामीले दुई वटै प्रकारका कदमहरू लिन्छौ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीले पुनर्स्थापनाका लागि निर्णय गरिसकेको भन्दै अहिलेको सरकार अस्वीकार गर्दै कानुन उपचार खोज्ने बताएका हुन् ।
‘न्याय संविधानको नजरमा । यसको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने हामी ठान्दछौ । पुनर्स्थापनाबाहेक अर्को फैसला आउने संवैधानिक बाटो नै छैन’, ओलीले भने, ‘मैले पनि धेरै पटक संविधान पल्टाएर र हेरेँ । यो पूर्ण रूपमा असंवैधानिक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण