बुधबार कुन राशिको भाग्य बलियो ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मङ्सिर ३ गतेको बार, तिथि, नक्षत्र, योग, र करण आदिबारे जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा आर्थिक, सामाजिक, प्रेम, र स्वास्थ्यसम्बन्धी भविष्यवाणीहरू समावेश छन्।
- लेखमा राहुकाल र ब्रहा मुहूर्तको समय उल्लेख गर्दै शुभ कार्यका लागि उपयुक्त समयबारे जानकारी दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मङ्सिर ३ गते । बुधबार । इस्वी सन् २०२५ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग कृष्णपक्ष । तिथि–चतुर्दशी, ६ घडी २२ पला, बिहान ९ बजेर १ मिनेट उप्रान्त औँसी । नक्षत्र–स्वाती, ४ घडी ४३ पला, बिहान ८ बजेर २२ मिनेट उप्रान्त विशाखा । योग–सौभाग्य, ९ घडी २७ पला, बिहान १० बजेर १५ मिनेट उप्रान्त शोभन । करण–शकुनी, बिहान ९ बजेर १ मिनेट उप्रान्त चतुष्पद, बेलुकी १० बजेर ४ मिनेट उप्रान्त नाग । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–तुला ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ८ मिनेट । दिनमान २६ घडी ३९ पला ।
दिन बिशेषः बालाचतुदर्शी । शतबिज छर्ने दिवस ।
आजको बार बेला ।
- बिहान ६ बजेर २९ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर २९ मिनेटदेखि बिहान ७ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर ४९ मिनेटदेखि बिहान ९ बजेर ९ मिनेटसम्म काल बेला ।
- बिहान ९ बजेर ९ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर २९ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म रोग बेला ।
- बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म उद्धेग बेला ।
- दिउसो १ बजेर ९ मिनेटदेखि दिउसो २ बजेर २८ मिनेटसम्म चर बेला ।
- दिउसो २ बजेर २९ मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
- दिउसो ३ बजेर ५० मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५१ मिनेटदेखि बिहान ५ बजेर ३९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार तथा शेयर बजारमा लगानी बढाई धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिनेछ । खेलकुद क्षेत्र तथा पराक्रमी क्रिर्याकलापमा सहभागिता जनाउन सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ । योग, ध्यान तथा संस्कृति बचाउमा समय खर्च हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरू सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ । खेल तथा पराक्रमी क्रियाकलाप सहभागिता जनाउन सकिनेछ । बिहानीपख धार्मिक यात्रा हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ । मनमा धार्मिक प्रवृत्ति जागा हुने तथा धार्मिक यात्राको योग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउन सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । खेलाडी तथा खेल क्षेत्रमा काम गर्ने तथा चासो राख्ने समर्थकका लागी समय उत्तम रहेको छ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रियाकलाप भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन, कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइ तथा आफन्तको सहयोगले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । योग, ध्यान तथा धर्मकर्ममा मन जानेछ । संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा तपाईँको भूमिका रहनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको छ । छोटो दुरीको धार्मिक यात्रा हुने तथा पूजापाठ र योग ध्यानमा समय व्यातित हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुनेछ । समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार, वित्तीय क्षेत्र र उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ । धार्मिक यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तर पनि काम तथा अध्ययनको सिलसिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था र धार्मिक क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाको लागी समय उत्तम रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खेल क्षेत्र तथा धार्मिक क्षेत्रमा चासो बढ्नेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलीमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । बिहानको समयमा मन्दिर तथा धार्मिक क्षेत्रको भ्रमण गर्न सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि प्रयत्न गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ । रीतिरिवाजको जगेर्ना गर्दै सामाजिक काममा समय दिन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण