कुन सार्वजनिक संस्थानका प्रमुखले कति लिन्छन् पारिश्रमिक ?
काठमाडौँ । नेपालमा राजनीतिक भ्रष्टाचारको एउटा प्रमुख स्रोत मानिन्छ सार्वजनिक निकायको प्रमुखको नियुक्ति । राज्यको विस्तारित हात भनेर चिनिने यी संस्थानको कार्यकारी प्रमुख बन्न ‘पावर एक्सरसाइज’ र लबिङ कम हुँदैन । एउटा जमात त यही नियुक्तिको वरपर समेत घुमिरहेको हुन्छ ।
सयौंदेखि हजारौं कर्मचारीको नेतृत्व अर्बौं बजेटको प्रयोग र त्यति नै ठेक्का लगायका काम गर्नुपर्ने भएकाले यो पदलाई शक्तिशाली मानिन्छ । यिनै पदहरुमा नियुक्ति तथा आफ्नो फेभरका ठेक्का लगाएर अनधिकृत स्वार्थ लिने नियत समेत कतिपयमा देखिन्छ ।
तर हजारौंको लिडरसिप र अर्बौंको व्यवस्थापन गर्ने यो नेतृत्वले वैधानिक रुपमा चाहिँ कति कमाउँछ त ? सरकारले गठन गरेको एउटा समितिले राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायतमा गरेको कर्मचारीको सेवा सुविधासम्बन्धी अध्ययनले सार्वजनिक संस्थानमा कसले कति कमाउँछन् भन्ने उल्लेख गरेको छ ।
विवरण अनुसार यी निकाय तथा संस्थानमध्ये सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बुझ्ने गरेका छन् । उनले तलब र अन्य सुविधासहित मासिक ४ लाख ५० हजार बुझ्ने गरेका छन् । कृषि विकास बैंक र नेपाल बैंकका सीईओले मासिक समान ४ लाख तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतले ३ लाख ९१ हजार रुपैयाँ पाउने गरेका छन् ।
त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको २ लाख ९४ हजार, विद्युत उत्पादक कम्पनीको कार्यकारी प्रमुखको २ लाख ८० हजार, राष्ट्रिय ग्रीड कम्पनीका प्रमुखको २ लाख ८० हजार, नेपाल टेलिकमको २ लाख ५० हजार, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशकको २ लाख ५० हजार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखको २ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्षको २ लाख २१ हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सीईओको २ लाख २१ हजार र नागरिक लगानी कोषका सीईओको २ लाख १९ हजार छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर पारिश्रमिकका आधारमा सार्वजनिक संस्थानमध्ये १३ औं स्थानमा छन् । गभर्नरले राष्ट्र बैंकबाट मासिक मासिक २ लाख १६ हजार रुपैयाँ बुझ्ने गरेका छन् । त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २ लाख ८ हजार तथा एचआईडीसीएलका सीईओको मासिक २ लाख २ हजार रुपैयाँ बराबरको तलब तथा सुविधा रहेको उल्लेख गरिएको छ ।
सबैभन्दा कम नेपाल रेल्वे कम्पनीका प्रमुख कार्यकारीको रहेको छ । उक्त कम्पनीले महाप्रबन्धकलाई ५६ हजार ७८७ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
कुन संस्थानको कार्यकारी प्रमुखको तलब कति ?
|
क्र.सं. |
संस्था/निकायको नाम |
मासिक तलब (रू.) |
कूल मासिक पारिश्रमिक र भत्ता (रू.) |
|
१ |
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड |
३,००,००० |
४,५०,००० |
|
२ |
कृषि विकास बैङ्क लिमिटेड |
३,००,००० |
४,००,००० |
|
३ |
नेपाल बैङ्क लिमिटेड |
३,००,००० |
४,००,००० |
|
४ |
नेपाल पर्यटन बोर्ड |
३,९१,००० |
३,९१,००० |
|
५ |
नेपाल विद्युत प्राधिकरण |
७३,७३० |
२,९४,९२० |
|
६ |
विद्युत उत्पादन कम्पनी लिमिटेड |
७०,००० |
२,८०,००० |
|
७ |
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड |
२,५०,००० |
२,५०,००० |
|
८ |
सामाजिक सुरक्षा कोष |
२,००,००० |
२,५०,००० |
|
९ |
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान |
१,८१,२८३ |
२,३५,२८३ |
|
१० |
नेपाल बीमा प्राधिकरण |
७७,२११ |
२,२१,६५२ |
|
११ |
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड |
१,३४,५५४ |
२,२१,६७९ |
|
१२ |
नागरिक लगानी कोष |
१,२५,००० |
२,१९,१२५ |
|
१३ |
नेपाल राष्ट्र बैँक |
१,३६,००० |
२,१६,११३ |
|
१४ |
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड |
१,५०,००० |
२,१५,१२५ |
|
१५ |
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड |
७०,०३८ |
२,१०,११४ |
|
१६ |
श्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान |
१,५१,५७० |
२,०८,६३० |
|
१७ |
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड |
१,५२,००० |
२,०२,००० |
|
१८ |
नेपाल दूरसञ्चार प्राधिकरण |
१,२०,००० |
१,८५,६०० |
|
१९ |
सडक बोर्ड नेपाल |
१,५९,६६३ |
१,८२,६६३ |
|
२० |
कर्मचारी सञ्चय कोष |
१,२०,००० |
१,७८,४०० |
|
२१ |
निक्षेप तथा कर्जा सुरक्षण कोष |
१,५०,००० |
१,७६,७०० |
|
२२ |
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड |
१,००,००० |
१,६७,५०० |
|
२३ |
राष्ट्रिय बीमा कम्पनी लिमिटेड |
१,००,००० |
१,६७,५०० |
|
२४ |
नेपाल आयल निगम लिमिटेड |
६२,६८० |
१,६२,६८० |
|
२५ |
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड |
१,५०,००० |
१,५८,६२५ |
|
२६ |
साझा यातायात सहकारी संस्था लिमिटेड |
१,५०,००० |
१,५५,००० |
|
२७ |
नेपाल नागरिक उड्डयन प्राधिकरण |
७७,२११ |
१,०२,२११ |
|
२८ |
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान |
७७,२११ |
१,१०,२३४ |
|
२९ |
नेपाल प्रज्ञा प्रतिष्ठान |
८०,६९६ |
१,०८,९९६ |
|
३० |
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान |
७२,०८२ |
९८,९११ |
|
३१ |
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड |
७२,०८२ |
९८,०८२ |
|
३२ |
विशाल बजार कम्पनी लिमिटेड |
९०,५०५ |
९७,३८० |
|
३३ |
नेपाल वायुसेवा निगम |
७२,०८२ |
९३,०८२ |
|
३४ |
स्वास्थ्य बीमा बोर्ड |
७२,०८२ |
९२,०८२ |
|
३५ |
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड |
८५,००० |
९१,२५० |
|
३६ |
तारा गाउँ विकास समिति |
७२,०८२ |
८८,२८२ |
|
३७ |
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र |
७२,०८२ |
८७,०८२ |
|
३८ |
समाज कल्याण परिषद |
७२,०८२ |
८१,१३२ |
|
३९ |
सांस्कृतिक संस्थान |
७६,८८८ |
७९,८८८ |
|
४० |
नेपाल इन्टरमोडल यातायात विकास समिति |
७२,०८२ |
७९,०८२ |
|
४१ |
राष्ट्रिय दुग्ध विकास बोर्ड |
७२,०८२ |
७७,०८२ |
|
४२ |
चलचित्र विकास बोर्ड समिति |
७२,०८२ |
७७,०८२ |
|
४३ |
राष्ट्रिय परीक्षा बोर्ड |
७२,०८२ |
७७,०८२ |
|
४४ |
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति |
७२,०८२ |
७७,०८२ |
|
४५ |
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड |
७२,०८२ |
७६,५१९ |
|
४६ |
नेपाल वन निगम लिमिटेड |
७२,०८२ |
७४,०८२ |
|
४७ |
राष्ट्रिय आवास कम्पनी लिमिटेड |
७२,०८२ |
७४,०८२ |
|
४८ |
नेपाल परिवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड |
७२,०८२ |
७४,०८२ |
|
४९ |
सार्वजनिक सेवा प्रसारण नेपाल |
७२,०८२ |
७२,०८२ |
|
५० |
राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपाल |
७२,०८२ |
७२,०८२ |
|
५१ |
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड |
७२,०८२ |
७२,०८२ |
|
५२ |
सिंहदरबार बैद्यखाना विकास समिति |
४८,७३७ |
५३,७३७ |
|
५३ |
दुग्ध विकास संस्थान |
५२,७६२ |
५५,७६२ |
|
५४ |
नेपाल रेल्वे कम्पनी लिमिटेड |
५६,७८७ |
५८,७८७ |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण