च्छो रोल्पा पदयात्रा : प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर (तस्बिरहरू)
सारांश
- दोलखा जिल्लामा अवस्थित च्छो रोल्पा पदमार्ग एक प्रसिद्ध गन्तव्य हो, जहाँ च्छो रोल्पा हिमताल मुख्य आकर्षणको रूपमा रहेको छ।
- काठमाडौँबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गरेर पदयात्रा सुरु गर्न सकिन्छ, जसमा उकालो बाटोको यात्राले विशेष आनन्द दिन्छ।
- ना गाउँ अन्तिम मानव बस्ती हो, जहाँबाट च्छो रोल्पा पुग्न सहज हुन्छ, र यात्रामा गौरीशंकर हिमाल र दुधकुण्डको दृश्यले मनमोहक बनाउँछ।
काठमाडौँ । विश्व प्रसिद्ध च्छो रोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ । यो पदमार्गको मुख्य आकर्षण च्छो रोल्पा हिमताल हो । यो हिमताल समुन्द्री सतहबाट ४५०० मिटर उचाइमा अवस्थित रहेको छ ।
च्छो रोल्पा पदमार्गमा यात्रा गर्नका लागि काठमाडौँबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ । त्यहीँबाट पदयात्रा सुरु हुन्छ । यात्रामा उकालो बाटोको यात्रा गर्नुपर्छ । तथापि यात्राले दिने आनन्द भने एकदमै फरक, रमाइलो र अविस्मरणीय रहनेछ ।
_piQ3qRIor5.jpg)
सिमी गाउँ, सुरमुचे, क्याल्चे, दोङवाङ, थामदिङ, बेदिङ र ना गाउँ पदमार्गका बस्तीहरू हुन् । यी गाउँहरू अत्यन्तै सुन्दर छन् । ना गाउँ अन्तिम मानव बस्ती हो । जहाँ पर्याप्त मात्रामा होटल र होमस्टे भेटिन्छन् । त्यहीँबाट च्छो रोल्पा पुग्न सहज हुन्छ ।
_omPfYdmEUF.jpg)
यात्रा गर्दा गौरीशंकर हिमाल ऐना झै टल्किरहन्छ । जसले यात्राको सौन्दर्य झनै बढाइदिन्छ । च्छो रोल्पा पदमार्गको अर्को विशेष आकर्षण दुधकुण्ड हो । जुन च्छोरोल्पा ताल भन्दा करिब ३०० मिटर माथि उचाइमा अवस्थित रहेको छ । यहाँबाट रोल्वालिङ भ्याली र हिमशृङ्खलाहरू स्पष्टसँग देख्न सकिन्छ । जसको सुन्दरताले सबैलाई मनमोहित बनाउँछ ।
_ZQFojcXtJ0.jpg)
काठमाडौँबाट ६ दिनमा च्छो रोल्पा यात्रा पूरा गर्न सकिन्छ । जहाँबाट अन्य पदमार्गहरूमा समेत थप यात्रा गर्न सकिन्छ । च्छो रोल्पा यात्रा केवल हिमताल हेर्ने उद्देश्य मात्र नभई, प्रकृति, संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट बुझ्ने अद्भुत अवसर पनि हो । तस्बिर : पबिना खड्का, नेपाल फोटो लाइब्रेरी
_iN0iV6Bh54.jpg)
_blhDiheJWq.jpg)
_NoqCFUylZM.jpg)
_h6I21F57bo.jpg)
_Y6eGz4UyYi.jpg)
_n4WNw9i4XU.jpg)
_8qUmq6i8l5.jpg)
_wMa2ppZkxK.jpg)
_SLx7NeeeuV.jpg)
_DfJ1uAg7jD.jpg)
_yCJiw5mdjD.jpg)
_Y5gTExhGxv.jpg)
_1YBYrxSBse.jpg)
_yUUGxkWbPg.jpg)
_3DiSPnEyvF.jpg)
_hlK6vBiJux.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण