बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केन्द्रीय सदस्यहरू जैसवाल, भगत लगायतले छाडे प्रचण्डको साथ

बिहीबार, ०४ मङ्सिर २०८२, १६ : ४४
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • माओवादी केन्द्रका नेता अशोक जयसवालसहितका नेताहरूले प्रचण्डको साथ छाडेका छन्।
  • उनीहरूले प्रचण्डमाथि राजनीतिक, वैचारिक विचलन र स्वार्थप्रेरित गठबन्धन गरेको आरोप लगाएका छन्।
  • जयसवालसहितका नेताहरू जनार्दन शर्माको प्रगतिशील अभियानमा लाग्ने भएका छन्।

काठमाडौँ । साविक नेकपा माओवादी केन्द्र रौतहटका केन्द्रीय सदस्य अशोक जयसवाल, सत्यनारायण भगत लगायतले पुष्पकमल दाहाल 'प्रचण्ड'को साथ छोडेका छन् ।

बिहीबार रौतहटमा पत्रकार सम्मेलन गरी उनीहरूले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा नजोडिने घोषणा गरेका हुन् । प्रचण्डमा आएको राजनीतिक, वैचारिक विचलन, संगठनमा नोकरशाही तन्त्र, स्वार्थप्रेरित गठबन्धनका कारण पार्टी परित्याग गरेको जिकिर गरेका छन् । उनीहरूले आगामी दिनमा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियानमा जोडिने बताए । 

‘प्रचण्डमा देखापरेको राजनीतिक, वैचारिक विचलन संगठनमा नोकरशाही तन्त्र, स्वार्थप्रेरित गतिविधि र पदलुलुप्ता गठबन्धनबाट पीडित हामीहरू जनार्दन शर्माले अगुवाइ गरेका प्रगतिशील राष्ट्रिय अभियानमा अगाडि बढ्ने कुरा सार्वजनिक गर्दछौँ । अबको आशाका केन्द्रको रुपमा अगाडि बढिरहनुभएका डा. बाबुराम भट्टराई र जनार्दन शर्माको नेतृत्वमा अभियानमा लाग्न रौतहटका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । 

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज जयसवाल, केन्द्रीय सदस्य सत्यनारायण भगत रहेका छन् । यस्तै जिल्ला कार्यालय सचिव महमद जाकिर हुसेन, अघिल्लो निर्वाचनमा मेयरका प्रत्यासी हरिनारायण साह, देवनारायण भगत, माधवनारायण भगत, अरुण जयसवाल, रामवचन साह, रामचन्द्र दास, शेख सरदार लगायतले पनि प्रचण्डको साथ छोडेका हुन् । 

प्रचण्डले कात्तिक १९ गते नेकपा एकीकृत समाजवादी लगायत १२ वाम घटकसँग मिलेर नेकपा गठन गरेका थिए । नेकपा गठनपश्चात् माओवादी सचिवालय सदस्य शर्मा, राम कार्की, पूर्वमन्त्री सुदन किरातीलगायत नेताहरू अलग भएका थिए ।  

rautahat-maobadi-neta2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप