रग्बी टोली बङ्गलादेश प्रस्थान
सारांश
- २६ खेलाडी सहितको नेपाली रग्बी टोली बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।
- नेपालले मंसिर ७ र ८ गते खेल खेल्नेछ, जसमा कृष्ण थापा र विनोद तामाङ प्रशिक्षक छन् ।
- जेनजी आन्दोलनका कारण स्थगित प्रतियोगिता अहिले बङ्गलादेशमा हुँदैछ ।
काठमाडौँ । बङ्गलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।
ढाका प्रस्थान गर्ने खेलाडीहरुमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश वासु, विक्रम पुरी, नवीन महर्जन, कपिल सापकोटा, सरोज कपाली, रोहन डङ्गोल, सन्दीप राई, गणेश बानियाँ, रोशन बम्जन, नवीनबहादुर मगर, प्रमेश चौधरी, सुरज रानामगर, पुजन फेवाली, मिलन थापा, शेरबहादुर वली, सञ्जय अधिकारी, मोहम्मद इसाद हुसैन, अनिल माझी, अनिश श्रेष्ठ, विष्णु खड्का, रमितबहादुर माल, निरोज कार्की, दिपेन्द्र चौधरी र मशेस सुनार रहेका छन्
नेपालले यही मङ्सिर ७ गते र मङ्सिर ८ गते खेल खेल्नेछ । नेपाली टोलीको प्रशिक्षकमा कृष्ण थापा र विनोद तामाङ तथा व्यवस्थापकमा गोपाल क्षेत्री र फिजियोमा देवन थापा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ र हिमालकुमार श्रेष्ठ, नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, महासचिव गोविन्द घिमिरेलगायतले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
यो प्रतियोगिता गत भदौ २९ देखि ३१ गतेसम्म नेपालमा हुने तय भएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण उक्त प्रतियोगिता स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण