महाधिवेशनका लागि एमालेले बनायो विभिन्न समिति, नेकपा एकीकृतबाट फर्केका नेता प्रतिनिधि बन्ने
सारांश
- एमालेको सचिवालय बैठकले ११औँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ।
- प्रतिनिधि व्यवस्थापन, आवास व्यवस्थापन, जनपरिचालन लगायतका विभिन्न समितिहरू बनाइएका छन्।
- पार्टीले प्रतिनिधि चयनको मापदण्डमा फेरबदल गर्दै नेकपा एसबाट फर्केकालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय च्यासलमा ८ घण्टासम्म बसेको बैठकले ११ औ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेता ज्ञवालीका अनुसार प्रतिनिधि व्यवस्थापन समिति संयोजक काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेल सचिव रहने गरी समिति गठन गरिएको छ ।
त्यसैगरी प्रदीप ज्ञवाली र राजन भट्टराई जनपरिचालन समिति, छविलाल विश्वकर्मा संयोजक लालबाबु पण्डित सचिव रहेको आवास व्यवस्थापन समिति गठन भएको छ ।
त्यस्तै खाद्य व्यवस्थापन समितिको संयोजक लेखराज भट्ट र भीष्म अधिकारी तथा गोकर्ण विष्ट र रचना खड्का रहेको यातायात समिति गठन भएको छ ।
त्यस्तै रघुवीर र महेश बर्तौला रहेको अतिथि सत्कार समिति र पद्यमा अर्याल र राजेन्द्र प्रचार समिति गठन भएको नेता ज्ञवालीले जानकारी दिए । नेता भानुभक्त ढकाल र विनोद ढकाल स्वयंसेवक समिति र विनोद श्रेष्ठ र लोकबहादुर भण्डारी मञ्च व्यवस्थापन समिति तथा कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य समिति,विष्णु रिमाल र विना श्रेष्ठ आर्थिक समिति गठन भएको छ ।
त्यस्तै पृथ्वी सुब्बा र योगेश भट्टराई रहेको सचिवालय समिति र विजय सुब्बाको संयोजकत्वमा निर्वाचन संयोजन समिति बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।
त्यसबाहेक एमालेले यसअघि तय गरेको प्रतिनिधि चयनको मापदण्डमा केही फेरबदल गरेको छ । जसमा आम पार्टी सदस्यबाट निर्वाचित थ्रेस होल्डमा शेषको ५० प्रतिशत क्रस गर्दा १ जना प्रतिनिधि थपिने भएका छन् भने प्रवासी नेपाली मञ्चबाट ५ जना र उपत्यका विशेषमा रहेको १ जना थप्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै नेकपा एसबाट फर्केकालाई प्रतिनिधि बनाउने निर्णय पनि एमालेले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण