रामबहादुर बम्जनको मुद्दामा तोकियो पेसी
सारांश
- सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनको मुद्दा सर्वोच्च अदालतमा पेसीमा चढेको छ।
- बम्जनलाई ८ करोड बढीको सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
- यसअघि, बम्जनलाई यौन दुराचारको आरोपमा १० वर्ष कैद सजाय सुनाइएको थियो, तर पछि सफाइ दिइएको थियो।
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा चलान भएका रामबहादुर बम्जनको मुद्दा पेसीमा चढेको छ । सर्वोच्चका अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि त्यसविरुद्ध बम्जन जनकपुर उच्च अदालत पुगेका थिए । उच्च अदालतले जिल्लाको सुरुको आदेश सदर गरेपछि थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन लिएर सर्वोच्च आएका हुन् ।
बम्जनविरुद्ध सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको थियो ।
यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण