निवर्तमान मुख्यमन्त्री सोनलले छाडे सरकारी निवास
शुक्रबार, ०५ मङ्सिर २०८२, १३ : १९
सारांश
- निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सरकारी निवास खाली गरेका छन् ।
- मुख्यमन्त्री यादवले सोनललाई निवास खाली गर्न अल्टिमेटम दिएका थिए ।
- सर्वोच्च अदालतको निर्णय नआउँदासम्म निवास खाली गर्ने पक्षमा गठबन्धन थिएन।
जनकपुरधाम । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सरकारी निवास छाडेका छन् । उनी आज बिहानै गमलामा पानी राख्दै सरकारी निवास खाली गरेका छन् ।
मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनललाई मुख्यमन्त्री निवास खाली गर्नका लागि दिएको अल्टिमेटम समयभित्रै खाली गरेका हुन् । मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका हुन् ।
मुख्यमन्त्री यादवले लोसपाका संसदीय दलका नेता जयनुल राइन र प्रमुख सचेतक रमिता प्रधानसँग निवास व्यवस्थाका लागि आग्रह गरेका थिए । यादव मुख्यमन्त्री बनेलगत्तै मुख्यमन्त्री निवासमा दिनहुँ खाली गर्नका लागि हारगुहार गर्दै आएका थिए । तर सर्वोच्च अदालतबाट मुख्यमन्त्रीको विषयमा टुङ्गो नलागेसम्म निवास खाली गराउने पक्षमा ७ दलीय गठबन्धन रहेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण