जनकपुरधाममा विवाह पञ्चमी महोत्सव : सुरक्षा सतर्कता अपनाउन अनुरोध
सारांश
- धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सवको सुरक्षा सतर्कताका लागि अनुरोध गरेको छ।
- महोत्सवमा आउने स्वदेशी तथा विदेशी भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
- प्रशासनले कुनै घटना, दुर्घटना वा आपराधिक गतिविधि भएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा सुरु भएको विवाह पञ्चमी महामहोत्सवमा सुरक्षा सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेको हो ।
सप्ताहव्यापी महोत्सवमा आउने स्वदेशी–विदेशी भक्तजनको सुरक्षा सुनिश्चित गर्न प्रशासनले सुरक्षा संयन्त्रलाई थप जनशक्ति सहित क्रियाशील बनाइएको समेत जनाएको छ । जिल्ला प्रशासन कार्यालयले महोत्सवमा प्रहरी तथा सुरक्षाकर्मीहरूको सक्रिय गस्ती, निगरानी र भीड व्यवस्थापनका उपाय कडाइका साथ लागू गरिएको समेत जनाएको छ ।
प्रशासन कार्यालयले जनकपुरवासी तथा आगन्तुकहरूलाई निश्चिन्त रूपमा महोत्सवमा सहभागी हुन समेत आग्रह गरेको छ । साथै कुनै पनि घटना, दुर्घटना, चोरी–लुटपाट वा आपराधिक गतिविधि देखिएमा नजिकैको प्रहरी निकायलाई तुरुन्त खबर गर्न समेत सबैमा अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण