गृहजिल्ला पुगेर माधव नेपालले भने– ओलीको हुकुमी शासनले देश बर्बाद भयो
सारांश
- माधव कुमार नेपालले केपी शर्मा ओलीको हुकुमी शासनको कारण देश बर्बाद भएको आरोप लगाए।
- उनले ओलीको तानाशाही प्रवृत्तिकै कारण देशमा जेनजी आन्दोलन भएको बताए, र जेनजीलाई धन्यवाद दिए।
- सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गराउन आफ्नो भूमिका रहेको र प्रचण्डलाई वार्तामा सहयोग गरेको नेपालले खुलाए।
रौतहट । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालले केपी शर्मा ओलीको हुकुमी शासनको कारण देश बर्बाद भएको आरोप लगाएका छन् ।
गृह जिल्ला रौतहटको मध्यभाग गरुडास्थित गोपाल धर्मशालामा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमका प्रमुख अथिति बनेका नेपालले आफ्ना पार्टी कार्यकर्तालाई 'उठ त उठ बस त बस' भनेर हुकुमी शासन चलाउने गरेको बताएका हुन् ।
ओलीको तानाशाही प्रवृत्तिकै कारण देशमा जेनजी आन्दोलन भएको पनि उनको भनाइ थियो । जेनजीले उठाएको भ्रष्टाचार, सुशासन, विकासलगायत मुद्दा आफ्नै पार्टीको मागसँग मिल्दोजुल्दो रहे पनि समयमा उठाउन नसकेको उनले स्विकारे । ती मागहरू उठाएकोमा जेनजीलाई उनले धन्यवाद पनि दिए ।
जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गराउन आफ्नो व्यक्तिगत तथा पार्टीको समेत सक्रिय भूमिका रहेको नेता नेपालले खुलाएका थिए ।
तत्कालीन माओवादीसँग सरकारले गरेको वार्तामा पनि आफूले प्रचण्डलाई सहयोग गरेको उनले उल्लेख गरे । कार्यकर्ता भेटघाट कार्यक्रममा नेताहरू समीर भटराई, रामकुमार भट्टराई, कल्याणी खडका, देवेन्द्र पटेल, विन्देश्वर यादव, प्रदेश सांसद कनिस पटेल, गौरका मेयर शम्भु साह, महिला नेतृ देवकी नेपाल, विनिता बख्रेल, वहिद अन्सारी, जितेन्द्रलाल श्रीवास्तव लगायतले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण