रौतहटमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु
सारांश
- रौतहटको गौरमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ।
- बालक घर नजिकै निर्माणाधीन घरको कौसीमा खेल्ने क्रममा करेन्ट लागेको थियो।
- उपचारका क्रममा बालकको मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहटको गौरमा विद्युत् करेन्ट लागेर एक ५ वर्षीय बालकको मृत्यु भएको छ। मौलापुर नगरपालिका–४ पतौरा टोलका सुनिल साहका छोरा रितिक कुमार साहको शनिबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रितिक हाल गौर नगरपालिका–५ स्थित घरमा डेरा गरी बस्दै आएका थिए। दिउँसो करिब ३:२५ बजे उनी नजिकै निर्माण भइरहेको वीरबहादुर साहकै चारतले पक्की घरको कौशीतर्फ खेल्न पुगेका थिए। सो क्रममा कौशी छेउमा रहेको खुला विद्युत् लाइनमा छोइएपछि रितिक गम्भीर घाइते भएका थिए।
घाइते बालकलाई तुरुन्तै प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगिएको थियो। तर चिकित्सकले उपचारका क्रममा ३:४० बजे उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी प्रवक्ता विष्णु प्रदीप बस्यालले जानकारी दिए।
मृतक रितिकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण