झन्डै १८ लाख पाउन्डमा बिक्यो टाइटानिकको यात्रीको सुनको पकेट घडी
सारांश
- टाइटानिक दुर्घटनामा मृत्यु भएका यात्रुको सुनको घडी १८ लाख पाउन्डमा बिक्री भयो।
- १९१२ मा टाइटानिक दुर्घटना हुँदा इसिडोर स्ट्रस र उनकी श्रीमतीको मृत्यु भयो।
- स्ट्रसको सुनको घडी लिलामीमा बिक्री हुनुका साथै, इडाको पत्र पनि लिलामीमा बेचियो।
लन्डन । टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी झन्डै १८ लाख पाउन्डमा बिक्री भएको छ । लिलामीमा इसिडोर स्ट्रसको सो घडी १७ लाख ८० हजार पाउन्डमा विक्री भएको हो ।
स्ट्रस र उनकी श्रीमती इडा टाइटानिकमा चढेर साउथह्याम्प्टनबाट न्यूयोर्क जाँदै गर्दा १९१२ को अप्रिल १२ मा जहाज हिमशिलासँग ठोक्किएर दुघर्टनामा परेको थियो । सो जहाजमा झन्डै १ हजार ५०० जना सवार थिए ।
दुर्घटनाको केही दिनपछि उनको शव एट्लान्टिकमा भेटिएको थियो । उनको सामानमा १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी पनि थियो । पछि यो घडी स्ट्रसको परिवारलाई दिइयो । शनिबार विल्टशायरको डेभाइजेसमा रहेको हेनरी एल्ड्रिज एन्ड सन अक्सनियर्समा यो घडी बेचिएको थियो । स्ट्रस एक अमेरिकी व्यापारी र राजनीतिज्ञ थिए । उनी न्यूयोर्कमा मेसीको डिपार्टमेन्ट स्टोरका सह–मालिक पनि थिए । दुर्घटनापछि इडालाई लाइफबोट बस्न भनिएको थियो ।
तर पतिसँगै मर्छु भनेर उनले लाइफबोट चढिनन् । इडा स्ट्रसको शव कहिल्यै भेटिएन ।इडा स्ट्रसले जहाजमा रहँदा टाइटानिक स्टेशनरीमा एउटा पत्र पोस्ट गरेकी थिइन् । यो पत्र पनि लिलामीमा १ लाख पाउन्डमा बिक्री भएको थियो । टाइटानिकसँग सम्बन्धित सामानहरूको यो लिलामीमा ३ करोड पाउन्ड उठेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण