युक्रेन युद्धसम्बन्धी अमेरिकी योजना अन्तिम प्रस्ताव होइन : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव अन्तिम नभएको बताएका छन्।
- युक्रेनका सहयोगी देशहरूले अमेरिकी प्रस्तावबारे चिन्ता व्यक्त गरिरहेका छन्, सीमा हेरफेर र सेना घटाउने प्रस्तावको विरोध गर्दै।
- ट्रम्पले युक्रेनलाई २८ बुँदे योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समय दिएका छन्, जसलाई पुटिनले सम्झौताको आधार मान्न सक्ने बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव अन्तिम नभएको बताएका छन् । युक्रेनका सहयोगी देशहरूले अमेरिकी प्रस्तावबारे चिन्ता व्यक्त गरिरहेको समयमा ट्रम्पको यो भनाई आएको हो ।
योजनामा ‘न्यायपूर्ण र दिगो शान्ति’ को लागि महत्त्वपूर्ण तत्त्वहरू भएको तर अझ धेरै काम आवश्यक रहेको शनिबार, युरोप, क्यानडा र जापानका नेताहरूले भनेका थिए । सीमा हेरफेर गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावबारे उनीहरूले चिन्ता व्यक्त गरेका थिए । आइतबार बेलायत, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्याण्डको जेनेभामा भेट्दैछन् ।
‘युक्रेनले या त आफ्नो गरिमा छाड्नु पर्नेछ या अमेरिकामा सामेल हुनुपर्नेछ’ यस योजनाबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका थिए । ट्रम्पको शान्ति योजना रुसप्रति बढी नै झुकेको मानिएको छ ।
ट्रम्पले युक्रेनलाई २८ बुँदे योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समय दिएका छन् । यो योजना सम्झौताको आधार बन्न सक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ ।
हालको मस्यौदा युक्रेनको लागि उनको अन्तिम प्रस्ताव हो कि होइन भनेर शनिबार ट्रम्पलाई सोधिएको थियो । यसको जवाफमा उनले ह्वाइट हाउसमा पत्रकारहरूसमक्ष यो मेरो अन्तिम प्रस्ताव नभएको भनेका थिए ।
‘कुनै न कुनै तरिकाले, हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौँ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण