पुराना राजनीतिक पार्टीहरू म्याद गुज्रिएका औषधि हुन् : जटिल कार्की
आइतबार, ०७ मङ्सिर २०८२, १५ : २१
काठमाडौँ । अखिल क्रान्तिकारीका पूर्वउपमहासचिव तथा सहिद परिवारका सन्तति जटिल कार्कीले पुराना राजनीतिक पार्टीहरू म्याद गुज्रिएको औषधि भएको टिप्पणी गरेका छन् ।
आइतबार राष्ट्रिय सभा गृहमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा सभा कार्यक्रममा बोल्दै उनले अब यथास्थितिबाट राजनीतिक पार्टीहरू अगाडि बढ्न नसक्ने जिकिर गरे ।
‘पुराना राजनीतिक पार्टीहरू म्याद गुज्रिएको औषधिको अवस्थामा पुगेका छन् । जेनजी विद्रोहपछि पछि पनि यथास्थिति र प्रतिगमनतर्फ रहेका छन् । अब पुरानै शैलीबाट नेपालको राजनीति अगाडि बढ्न सक्दैन भनेर यो विद्रोहले प्रमाणित गरेको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण