दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधि भारतले जित्यो, नेपाल सात विकेटले पराजित
सारांश
- पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप भारतले जित्यो, फाइनलमा नेपाल पराजित भयो।
- नेपालले ११४ रन बनाएको थियो भने भारतले लक्ष्य १२ ओभरमै पूरा ग¥यो।
- प्रतियोगितामा नेपाल, भारत, अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका सहभागी थिए।
काठमाडौँ । पहिलो दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्दै विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनायो । जवाफमा भारतले तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
भारत र श्रीलङ्कामा आयोजित प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी थिए ।
फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन् भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् ।
यसप्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटर बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । क्रिकेटमा पनि सामान्य जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्ण रुपमा दृष्टिबिहीन हुनुपर्ने नियम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण