धान पाक्ने सिजनमा १० अर्ब बराबरको धान र चामल आयात
आइतबार, ०७ मङ्सिर २०८२, १७ : ३५
सारांश
- धान पाकेको सिजनमा सरकारले धान खरिद नगर्दा किसान चिन्तित बनेका छन्।
- खाद्य व्यवस्था व्यापार कम्पनीले सीमित कोटामा मात्रै धान खरिद गरिरहेको छ।
- चालु आर्थिक वर्षको चार महिनामा १० अर्बभन्दा बढीको धान, चामल र कनिका आयात भएको छ।
काठमाडौँ । अहिले धान पाकेको सिजनमा सरकारले धान खरिद नगरिदिँदा किसान चिन्तित बनेको अवस्था छ । सरकारी निकाय खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले सीमित परिमाणमा कोटा छुट्याएर मात्रै धान खरिद गरिरहेको छ ।
तर यहिबेला बाहिरी मुलुकबाट बाट ठुलो परिमाणमा धान चामल आयात भएको तथ्यांकले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० अर्ब बराबरको धान, चामल र कनिका आयात भएको हो ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म (चार महिना) मा १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको धान चामल र कनिका आयात भएको छ ।
यसमध्ये ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँको ९६ हजार ९७० मेट्रिक टन धान, ६ अर्ब ४५ करोड २६ लाख रुपैयाँको ८४ हजार ९७५ मेट्रिक टन चामल र १३ करोड ३२ लाख रुपैयाँको ३ हजार २५२ मेट्रिकटन कनिका आयात गरेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण