एक हजार किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालक र सहचालक पक्राउ
सारांश
- सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ।
- प्रहरीले पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रकलाई चेकजाँच गर्दा गाँजा फेला पारेको थियो।
- पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको छ।
लहान । सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।
आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ३२०९ नम्बरको ट्रकलाई लहान–१, ट्रफिक चोकबाट एक हजार १५ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित ट्रकका चालक संखुवासभा, धर्मदेवी नगरपालिका–९, छिपिधाराका २४ वर्षीय टंक विश्वकर्मा र सहचालक धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डीएसपी रमेश बहादुर पालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ट्रकलाई जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण