बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओलाङचुङगोला जाने सडक मर्मत

सोमबार, ०८ मङ्सिर २०८२, १० : ५४
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • ओलाङचुङगोला जाने सडक मर्मतपछि सवारीसाधन फेरि चल्न थालेका छन्।
  • सडक मर्मत सुपर तमोर हाइड्रोपावरको सहयोगमा भएको हो, र मोटरसाइकल र ट्याक्टरहरू पुगेका छन्।
  • स्थानीयका अनुसार तमोर नदीमा पानीको बहाव अझै उच्च छ।

ताप्लेजुङ । अवरुद्ध रहेको ताप्लेजुङको ओलाङचुङगोला जाने सडक मर्मतपछि पुनः सवारीसाधन सञ्चालनमा आउन थालेका छन् ।

सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफाइ र मर्मत सम्पन्न भएपछि दुईवटा मोटरसाइकल र एउटा ट्याक्टर ओलाङचुङगोलासम्म पुगेका छन् । फक्ताङलुङ गाउँपालिका–७ का वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार वर्षातका समयमा विभिन्न स्थानमा सडक भासिँदा र पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । हाल उक्त सडक मर्मतपछि सुकेपानीदेखि ओलाङचुङगोला–टिप्ताला सडकखण्ड फेरि सञ्चालनमा आएको उनको भनाइ छ । 

सडक खुलेसँगै स्थानीय बासिन्दाले मोटरसाइकलसहितका साना सवारीसाधन चलाउन थालेका छन् । तर सुकेपानी र जोङिगन क्षेत्र हुँदै बग्ने तमोर नदीमा पानीको बहाव अझै उच्च रहेकाले सवारीसाधन तार्न कठिनाइ रहेको स्थानीयले बताए ।

एक दुई हप्ताभित्र तमोरको पानीको बहाव घट्ने अनुमान गरिएको छ । त्यसपछि ह्युम पाइप राखेर साना सवारी सहज रूपमा आवतजावत गर्न सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप