समाचार
सुमनराज अर्याल बने नयाँ मुख्यसचिव
सोमबार, ०८ मङ्सिर २०८२, १६ : १८
काठमाडौँ । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २९औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अर्याल यसअघि रक्षा सचिव रहेका थिए ।
हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण