राजनीति
नेपाली कम्युनिस्ट पार्टी र जसपाको श्रेष्ठ समूहबिच मंसिर १० गते एकता हुने
सोमबार, ०८ मङ्सिर २०८२, १७ : २०
सारांश
- पुष्पकमल दाहालको नेकपा र राजेन्द्र श्रेष्ठको जसपा एकीकरण पक्षधरबीच एकता घोषणा हुने भएको छ।
- एकता घोषणा मङ्सिर ११ गतेका लागि सारिएको छ, यसअघि १० गते तय भएको थियो।
- घोषणा सभामा नेता तथा कार्यकर्ताको सहभागिताको मागका कारण कार्यक्रम सारिएको हो।
काठमाडौँ । पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को श्रेष्ठ समूहबिच मंसिर १० गते एकताको औपचारिक घोषणा हुने भएको छ ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा एकता घोषणा हुने भएको जसपाका नेता दुर्गा सुवेदीले जानकारी दिए । उनका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिउँसो १ बजे सुरु हुनेछ । एकता सभाको भेला प्रज्ञा भवन कमलादीमा आयोजना गरिने छ ।
एकता समारोहमा नेपाली कम्युनिुस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएकाे छ । आइतबार जसपाबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण