निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी लुम्बिनीबाट सुरु
सारांश
- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर सुरक्षा गोष्ठी सुरु गरिएको छ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्।
- गोष्ठीमा लुम्बिनी प्रदेशका सुरक्षा चुनौतीबारे छलफल हुनेछ।
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा गोष्ठी सुरु गरिएको छ । मंगलबार गृहमन्त्री ओमप्रकाश अर्यालले भैरहवामा लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गरे ।
गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर जेनजीले गरेको प्रदर्शनपछिको त्रासदपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्था सामान्य बनाउन सरकार सफल भएको बताएका छन् । मन्त्री अर्यालले निर्वाचन सम्पन्न गर्ने अभिभारा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने सुनिएको छ, त्यस्ता कुराको जवाफ सरकारले कामबाट दिन्छ ।’
अहिलेको सरकार कसैको निगाहामा नबनेको उनले बताए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै मन्त्री अर्यालले अभिव्यक्ति दिँदा जिम्मेवारीबोध गर्न आग्रह गरेका छन् ।
जेनजी प्रदर्शनमा लुटिएका सुरक्षाकर्मीको हतियार विशेष अपरेसन मार्फत धेरै फिर्ता ल्याएको बताए । उनले भने, ‘भागेका कैदीबन्दी पनि ठुलो संख्यामा फिर्ता भैसकेका छन् ।’
गोष्ठी उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेश प्रमुख सचिव कृष्ण प्रसाद काप्री र सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी उपस्थित थिए ।
लुम्बिनी प्रदेशमा क्रियाशील सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरूले सो प्रदेशको सुरक्षा चुनौतीको बारेमा छलफल गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण