काठमाडाैँ महानगरले सेवाग्राहीलाई निःशुल्क सिफारिस उपलब्ध गराउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मालपोत कार्यालय कलंकीमा भएको आगजनी र तोडफोडका कारण अभिलेख नष्ट भएका जग्गाधनीहरूका लागि निःशुल्क सिफारिस उपलब्ध गराउने निर्णय गरेको छ ।
महानगरको राजस्व विभागले मंगलबार सबै वडा कार्यालयहरूलाई एक परिपत्र जारी गर्दै पीडित सेवाग्राहीहरूलाई जग्गा स्रेस्ता कायम गर्न आवश्यक पर्ने सिफारिस एक पटकका लागि निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको हो ।
जेनजी आन्दोलनका कारण कलंकीस्थित मालपोत कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । जसले गर्दा अभिलेखहरू नष्ट भएका थिए ।
हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मालपोत कार्यालय कलंकीले नष्ट भएका जग्गाको स्रेस्ता पुनः कायम गर्ने प्रक्रिया अघि बढाएको छ ।
यसका लागि स्थानीय तहबाट जग्गाको भोगचलन सम्बन्धी र जग्गाधनी यकिन गर्ने तीन पुस्ते विवरण र फोटो टाँस सहितको सिफारिस आवश्यक पर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण