व्यापार सहजीकरण र हवाई सेवा विस्तारबारे नेपाल–श्रीलङ्काबिच छलफल
सारांश
- नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्काका राजदूतबीच व्यापार र हवाई सेवा विस्तारबारे छलफल भयो।
- दुई देशबीचको व्यापार कम भएको र कृषि, जलविद्युत लगायतका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखियो।
- लुम्बिनी-श्रीलङ्का सीधा हवाई सेवा र श्रीलङ्काले नेपाली पर्यटकलाई फ्री भिसा दिने विषयमा छलफल भयो।
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेल्पितीयाबिच दुई देशबिच व्यापार तथा हवाई सेवा विस्तारबारे छलफल भएको छ।
बैठकमा नेपाल–श्रीलङ्का बिचका ऐतिहासिक कूटनीतिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ मजबुत बनाउँदै व्यापार बढाउने सहमति व्यक्त गरिएको चेम्बरले जनाएको छ।
चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले दुई देशबिचको वार्षिक व्यापार आजसम्म पनि निकै न्यून रहेको बताए। उनका अनुसार नेपालले श्रीलङ्काबाट करिब १.४० मिलियन डलर बराबरको सामान आयात गरे पनि निर्यात भने ०.७० मिलियन डलर मात्रै रहेको बताए ।
व्यापार विस्तारका लागि कृषि, जलविद्युत, सूचना प्रविधि, डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण क्षेत्रजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने प्रस्ताव चेम्बरले राखेको छ। साथै दुवै देशका निजी क्षेत्रबिच नियमित द्विपक्षीय भेटघाट तथा व्यापारिक सहकार्य बढाउन सुझाव दिइएको छ।
पर्यटन प्रवर्द्धनका लागि चेम्बरले सप्ताहमा कम्तीमा एक उडान लुम्बिनी–श्रीलङ्का सीधा हवाई सेवा सञ्चालन गर्न सकिने प्रस्ताव राखेको छ। जसले गर्दा श्रीलङ्काका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी आकर्षित गर्न सकिने चेम्बरको धारणा छ।
यस्तै, श्रीलङ्का भ्रमणमा जाने नेपाली पर्यटकलाई फ्री भिसा दिन समेत अनुरोध गरिएको छ।
भेटघाटका क्रममा राजदूत डेल्पितीयाले व्यापार वृद्धि तथा सहजीकरणका विषयमा आफू सक्रिय रहेको बताउँदै आगामी जुनमा श्रीलङ्कामा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा चेम्बरलाई सहभागी हुन आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण