लालबन्दीमा आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएका पुरुषको मृत्यु
सारांश
- सर्लाहीको लालबन्दीमा एक पुरुषले आगो लगाएर आत्महत्या गरे, उपचारको क्रममा उनको मृत्यु भयो।
- घटनास्थलमा प्रहरी पुगेर घाइतेलाई उपचारका लागि अस्पताल पठाएको थियो, तर उनको ज्यान गएको छ।
- मृतकको पहिचान झापाका सूर्यप्रसाद पोख्रेलको रूपमा भएको छ, जो गौरादह नगरपालिकाका थिए।
रौतहट । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।
मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष आगोले जलेर लडिरहेको देखेपछि ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै वीरेन्द्र सिंह जोहारीको कमान्डमा खटिएको प्रहरी टोली ८ बजे घटनास्थल पुगेर ९० प्रतिशत शरीर जलेका घाइतेलाई तत्काल सीटी हेल्थ केयर लालबन्दी उपचारको लागि पठाएको थियो ।
अवस्था गम्भीर भएपछि उनलाई राति ९ बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। राति २ बजेर १९ मिनेटमा उपचारकै क्रममा ती पुरुषको मृत्यु भएको जनकपुर अस्पतालले जनाएको छ।
पहिचान खुलाउने क्रममा मृतकको मोबाइलबाट सम्पर्क खोज्दा उनी झापा, गौरादह नगरपालिका–२ का सूर्यप्रसाद पोख्रेल रहेको पुष्टि भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण