सिमरा विमानस्थल क्षेत्रभित्र रहेको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिन बोलपत्र आह्वान
बुधबार, १० मङ्सिर २०८२, ०८ : १५
सारांश
- सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्रको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिन बोलपत्र आह्वान गरेको छ।
- कार्यालयले तोकेको प्लट नं। १ को जग्गा ५ वर्षका लागि इच्छुक व्यक्ति वा संघसंस्थालाई ठेक्का दिइनेछ।
- ठेक्का लिने व्यक्तिले उखु, मकै जस्ता अग्ला बिरुवा वा गाँजा लगाउन नपाउने शर्त राखिएको छ।
काठमाडौँ । सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिन बोलपत्र आह्वान गरेको छ ।
सूचनामा भनिएको छ– 'स कार्यालयको क्षेत्रभित्र रहेको कार्यालयले नामकरण गरेको प्लट नं। १ को ०४ बिघा ०३ कट्ठा–०३ धुर (धावन मार्गको पश्चिम पट्टि)को खालि जग्गा कृषि प्रयोजनका लागि २०८२ पुस १ गतेदेखि २०८७ मङ्सिर मसान्तसम्म ५ (पाँच) वर्षका लागि ठेक्कामा दिनुपर्ने भएको हुँदा इच्छुक सङ्घ संस्था, नेपाली नागरिकहरूबाट रितपूर्वक बोलपत्र आह्वान गरिएको छ ।'
ठेकेदारले उक्त जग्गामा उखु, मकै जस्ता अग्ला अग्ला बोट बिरुवा हुने बालो तथा गाँजा जस्ता कानुनद्वारा निषेधित तथा जङ्गली जनावर तथा चराचुरुङ्गी आकर्षित गर्ने खालका बाली लगाउन भने नपाउने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण