युक्रेनले भन्यो–शान्ति योजनामा अमेरिकासँग समझदारी भयो
ट्रम्पका दूतले पुटिनलाई भेट्ने
बुधबार, १० मङ्सिर २०८२, ०८ : ३४
सारांश
- युक्रेनले रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग शान्ति सम्झौतामा सहमति जनाएको छ।
- यो प्रस्ताव अमेरिकाले युक्रेनलाई दिएको २८ बुँदे योजनामा आधारित छ, जसमा जेनेभामा वार्ता भएको थियो।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत दुवै पक्षको सहमतिमा योजना राम्रोसँग मिलाइएको बताए।
काठमाडौँ । युक्रेनले रुससँगको युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा अमेरिकासँग 'साझा समझदारी' भएको बताएको छ। यो प्रस्ताव गत हप्ता अमेरिकाले कीभलाई प्रस्तुत गरेको २८ बुँदे योजनामा आधारित छ, जसमा अमेरिकी र युक्रेनी अधिकारीहरूले जेनेभामा वार्ताको क्रममा काम गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूल योजना दुवै पक्षको सहमतिमा २८ बुँदे योजनालाई राम्रोसँग मिलाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले थपे– 'मैले मेरो विशेष दूत स्टीव विटकफलाई मस्कोमा राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट्न निर्देशन दिएको छु र सोही समयमा, सेना सचिव डान ड्रिस्कोलले युक्रेनीहरूसँग भेट गर्नेछन्।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण