महाधिवेशन विवाद मिलाउन कार्यवाहक सभापति र महामन्त्रीद्वय छलफलमा
सारांश
- नेपाली कांग्रेसभित्र पार्टीको १५ औं महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद छ।
- कार्यवाहक सभापति र महामन्त्रीहरूबीच दुई कार्यतालिका मिलाएर एउटा बनाउने विषयमा छलफल भइरहेको छ।
- पार्टीभित्र महाधिवेशनको मिति टुंगो लगाउन नसक्दा केन्द्रीय कार्यसमितिको बैठक अझै सम्पन्न हुन सकेको छैन।
काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको पार्टीको १५ औँ महाधिवेशन फागुन २३ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफलमा छन् ।
खड्का निवास गोल्फुटारमा भइरहेको छलफलमा पार्टीको केन्द्रीय कार्यसमितिमा पेस भएका महाधिवेशनका दुई कार्यतालिकालाई मिलाएर एउटा बनाउने विषयमा छलफल केन्द्रित रहेको स्रोतले जानकारी दियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसैदिन उनलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।
थापाको कार्यतालिकालाई इतर समूह र यादवको कार्यतालिकालाई संस्थापन समूहले समर्थन गरेपछि चरमोत्कर्षमा पुगेको कांग्रेसको महाधिवेशन विवाद अहिलेसम्म टुङ्गिन सकेको छैन । विवादका कारण गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अहिलेसम्म सम्पन्न हुन सकिरहेको छैन ।
छलफलमा बिहीबार (भोलि) बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा दुई कार्यतालिकालाई मिलाएर एउटा सहमतिको कार्यतालिका प्रस्तुत गर्ने विषयमा कुराकानी भइरहेको बताइएको छ । तर, सहमति भइनसकेको नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण