चार दिनको प्रयासमा पनि मिलेन कांग्रेसको महाधिवेशन विवाद
सारांश
- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति टुंगो लाग्न सकेको छैन, विवाद कायमै छ।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पहलमा पनि सहमति जुट्न सकेन।
- महामन्त्रीहरूबीचको फरक-फरक प्रस्तावका कारण विवाद बढेको हो।
काठमाडौँ । नेपाली कांग्रेसभित्रको महाधिवेशन कहिले गर्ने भन्ने विवाद अझै मिल्न सकेको छैन । मंसिर ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै महाधिवेशनबारे देखिएको विवाद अनौपचारिक रूपमा मिलाउन भन्दै मंसिर ११ गते बिहीबार (भोलि)सम्मका लागि स्थगित गरिएको थियो ।
तर, बैठकपछिका ४ दिनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको अनौपचारिक प्रयासमा महाधिवेशनसम्बन्धी विवाद मिल्न नसकेको हो ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यसको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले त्यसैदिन वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । महामन्त्री थापाको कार्यतालिकालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित इतर समूह र सहमहामन्त्री यादवको कार्यतालिकालाई संस्थापन समूहले समर्थन गर्दै दुवै आफ्ना अडानबाट पछि नहटेपछि सहमति हुन सकेको छैन ।
त्यसपछिको विवाद अहिलेसम्म मिल्न नसकेको हो । त्यो विवाद मिलाउन पार्टीभित्रको संस्थापन समूहले खड्कालाई जिम्मेवारी दिएको थियो । खड्काले महामन्त्रीद्वयसँग यसबारे पटक–पटक गरेका अनौपचारिक छलफलमा सहमति हुन सकेको छैन ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेसम्म महाधिवेशनसम्बन्धी विवाद मिल्न नसकेको जानकारी दिए । ‘हामीले महाधिवेशनसम्बन्धी विवाद मिलाउने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थियौँ । उहाँले मिलिसकेको छैन । अझै छलफलमै छु भन्नुभएको छ,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने ।
कार्यवाहक सभापति खड्काले बुधबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । त्यो छलफलमा पनि कुनै सहमति नभएको स्रोतले बताएको छ । बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण