इटहरी प्रहरी कार्यालय आगजनी र तोडफोड गर्ने पाँच जना पक्राउ
सुनसरी । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा तोडफोड, आगजनी तथा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
भदौ २४ गते प्रदर्शनका क्रममा उत्तेजित भिडले इलाका प्रहरी कार्यालयको भवन तथा प्रहरीका सवारी साधनहरूमा तोडफोड र आगजनी गरेको थियो । सोही क्रममा कार्यालयमा लुटपाट मच्चाउनुका साथै सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूमाथि दुर्व्यवहारसमेत भएको थियो।
घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीको टोलीले प्राप्त फोटो, भिडियो तथा अन्य प्रमाणहरूको आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा इटहरी उप–महानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, वडा नं ४ बस्ने ४७ वर्षीय मदन खत्री (साविक भोजपुर), वडा नं ५ का ४४ वर्षीय दिपेन्द्र कुमार कार्की, वडा नं ८ का २४ वर्षीय आभाष कार्की र वडा नं ४ का २४ वर्षीय सोनम कार्की रहेका छन्।
पक्राउ परेकाहरूलाई बुधबार सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
अदालतले उनीहरूमाथि ‘आपराधिक उपद्रव’ गर्न नहुने कसूरमा अनुसन्धानका लागि ४ दिन म्याद थपको अनुमति दिएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण