महामन्त्रीद्वयको नीति र नेतृत्व असफल भइसक्यो : नेता गुरुङ
बिहीबार, ११ मङ्सिर २०८२, ०९ : ११
सारांश
- नेपाली कांग्रेसका नेता कल्याण गुरुङले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नीति र नेतृत्व असफल भएको आरोप लगाए।
- उनले महामन्त्रीहरूको प्रस्तावहरू असान्दर्भिक र असफल भएको भन्दै नैतिकतामाथि प्रश्न उठाए।
- गुरुङले पार्टीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बेलामा महामन्त्रीहरूले गलत तर्क गरेको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नीति र नेतृत्व दुबै असफल भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भने– 'गोदावरीमा दुई जना महामन्त्रीहरूले प्रस्तुत गर्नु भएको प्रस्तावहरू आज सम्पूर्णरुपले असान्दर्भिक र असफल भई सक्यो । महामन्त्रीहरूको नीति पनि असान्दर्भिक र असफल भई सक्यो र नेतृत्व पनि काम गर्न नसकेर असान्दर्भिक र असफल प्रमाणित भई सक्यो । '
नीति पनि असफल र नेतृत्व पनि असफल भई सकेको महामन्त्रीहरू कुन नैतिकताले पदीय दायित्वमा रहिरहने हो भन्दै उनले प्रश्न समेत गरेका छन् ।
आज फेरि नेपाल अत्यन्त कठिन मोडमा उभिएको समयमा र राष्ट्रिय राजनीतिमा पार्टीले गम्भीरतापूर्वक सक्रिय भूमिका खेल्नु पर्ने समयमा विधानको धारा १७(२) को दुई महामन्त्रीले गलत तर्क गरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण