कोशी प्रदेशका औषधी व्यवसायी आन्दोलित
विराटनगर । कोशी प्रदेशका औषधी व्यवसायीहरूले औषधि ऐन २०३५ मा गरिएको संशोधनको विरोधमा सडकमा उत्रिएका छन्। संशोधित ऐनका केही प्रावधानहरू व्यावहारिक नभएको र व्यवसायीहरूको अस्तित्वमा खतरा पुर्याउने भएकाले व्यवसायीहरूले तत्काल खारेजीको माग गरेका छन्।
संशोधन अनुसार, औषधी पसलको दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनसम्म पनि नवीकरण नगरेको खण्डमा स्वतः संस्था खारेज हुने प्रावधान राखिएको छ। यसका कारण व्यवसायीहरूको लागि कठिनाइ उत्पन्न भएको र पेसागत सुरक्षा संकटमा परेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूको प्रमुख आपत्ति संशोधित दफा ११ को उपदफा सम्बन्धी छ, जसलाई उनीहरूले संविधानको मर्म विपरीत र व्यवसायीहरूलाई त्रसित बनाउनका लागि बनाइएको प्रावधान भएको बताउँछन्।
संघले सरकारसँग पुनः समय सीमा दिइसकेको भए पनि कुनै प्रतिक्रिया नपाएको कारण चरणबद्ध सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको छ। ११ मङ्सिरदेखि १६ मङ्सिरसम्म विरोधका विभिन्न कार्यक्रमहरू तय गरिएको छ।
व्यवसायीहरूले मङ्सिर ११ गतेदेखि औषधी व्यवस्था विभाग विराटनगर कार्यालयमा ब्यानरसहित मौन धर्नामा बसेका छन्। त्यसपछि अन्य दिनहरूमा पनि कालो झन्डा लगाउने, पसल बन्द गर्ने र विभागमा धर्ना दिने कार्यक्रम राखिएका नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले बताए ।
आन्दोलनको पहिलो दिन बिहीबार १ घण्टा औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको उनले बताए । संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले भने- ‘यो व्यवस्था संविधानको मर्म विपरीत छ र पेसागत सुरक्षामा प्रतिकूल असर पार्ने भएकाले हामी आन्दोलन गर्न बाध्य भएका छौँ। यदि माग सम्बोधन नभए थप कठोर सङ्घर्ष गर्न बाध्य हुनेछौँ ।’
व्यवसायीहरूको विरोध कार्यक्रम मङ्सिर १६ गतेसम्म चल्नेछ र यदि सरकारले प्रतिक्रिया नदिएमा १७ मङ्सिरदेखि अनिश्चितकालीन बन्द र हडतालका कार्यक्रम थाल्ने चेतावनी दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण