महाधिवेशनसम्बन्धी विवाद मिलाउन देउवा नै अग्रसर, संस्थापन पक्षका नेताहरूसँग छलफलमा
सारांश
- नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विवाद बढेपछि सभापति देउवा निकास खोज्न सक्रिय भएका छन्।
- देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल गर्दै सहमति जुटाउने प्रयास गरिरहेका छन् ।
- महामन्त्रीसहितका नेताहरूले निर्वाचनअघि महाधिवेशन हुनुपर्ने अडान लिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्नेबारे विवाद उत्कर्षमा पुगेपछि सभापति शेरबहादुर देउवा निकासका लागि जुटेका छन् । सभापति देउवाले अहिले आफू बसिरहेको घरमा संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेका हुन्
साढे एक बजेबाट सुरु भएको छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विजय गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा शशांक कोइराला तथा संस्थापन पक्षका अहिलेका पदाधिकारीहरू सहभागी छन् ।
छलफलमा सहभागी एक नेताले देउवाकै नेतृत्वमा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिए ।
कांग्रेसमा संस्थापन पक्षले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले कुनै पनि हालतमा निर्वाचनभन्दा अघि महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।
दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहेपछि पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका सभापति देउवा पुन: अनौपचारिक रूपमा सक्रिय भएका हुन् ।
निकटस्थ स्रोतका अनुसार सभापति देउवा विशेष महाधिवेशन गर्न नहुने पक्षमा अडिग छन् । तर, निर्वाचन अगाडि महाधिवेशन प्रक्रिया सुरु गर्न भने सकारात्मक छन् ।
कांग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण