हेलिकप्टर चढेर भाग्ने ओलीले देशको नेतृत्व गर्न सक्दैनन् : राजेन्द्र श्रेष्ठ
सारांश
- राजेन्द्र श्रेष्ठले केपी ओलीले बालुवाटारबाट हेलिकप्टर चढेर भागेको र देशको नेतृत्व गर्न नसक्ने बताए।
- अशोक राईले संविधान संशोधनको साटो एमालेसँग मिल्न खोजेकाले विद्रोह गरेको बताए।
- उनले प्रचण्डको नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको र भ्रष्टाचार विरुद्ध कारबाही गर्ने बताए।
काठमाडौँ । जनता समाजवादी पार्टीबाट अलग भएका राजेन्द्र श्रेष्ठले बालुवाटारबाट हेलिकप्टर चढेर भागेका केपी ओलीले देशको नेतृत्व गर्न नसक्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले जेनजीलाई खिस्सिट्युरी गरेका कारण सत्ता छोडेर भाग्नुपरेको आरोप लगाए ।
‘तत्कालीन प्रधानमन्त्री केपी ओलीले जेनजीलाई खिस्सिट्युरी गरेका थिए । जेनजीले बालुवाटार घेरेपछि हेलिकप्टर चढेर भागे । त्यस्ता व्यक्तिले देशको नेतृत्व गर्न सक्छ ?’, उनले प्रश्न उठाए ।
कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले संविधान संशोधन गर्न नभई एमालेसँग मिल्न खोजेकाले आफूले विद्रोह गरेको बताए । उनले भने– ‘अब आउने निर्वाचनमा संविधान संशोधनको एजेन्डा थियो । तर नेतृत्व एमालेसँग तालमेल गर्ने योजना बनायो । त्यसकारण हामीले नेपाली कम्युनिस्ट पार्टी रोज्यौँ । जनयुद्ध र जनआन्दोलनको फ्युजनमा २४० वर्ष राजतन्त्र ढल्यो ।’
प्रचण्डको नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको भन्दै उनले जेनजीको भावना अनुसार भ्रष्टाचार विरुद्ध कारबाही गर्ने जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीको भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण