बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढी र पहिरोमा परेर श्रीलंकामा ३१ जनाको मृत्यु

बिहीबार, ११ मङ्सिर २०८२, १६ : १६
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • श्रीलंकामा ११ दिनदेखि परेको भारी वर्षा, बाढी र पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ।
  • बाढी र पहिरोले गर्दा झन्डै ४ हजार मानिस प्रभावित भएका छन् भने पहिरोमा १८ जनाको मृत्यु भएको छ।
  • राष्ट्रपतिले संकट बैठक बोलाएका छन् भने मौसम विभागले भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

कोलम्बो । श्रीलंकामा विगत ११ दिनदेखिको भारी वर्षा, बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भएको छ ।

झन्डै ४ हजार जनजीवन यसबाट प्रभावित भएका छन् । पछिल्लो समय श्रीलंका मौसमसँग सम्बन्धित सबैभन्दा खराब विपत्तिमध्ये एकसँग जुधिरहेको छ । पहिरोका कारण मध्य पहाडी जिल्लामा मात्र १८ जनाको मृत्यु भएको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले बिहीबार भनेको छ ।

एउटा भयानक घटनामा कुम्बुक्कानामा एक यात्रु बस बढ्दो बाढीमा फसेको थियो । आपतकालीन टोलीहरूले २३ यात्रुहरूलाई सफलतापूर्वक उद्धार गरे । करिब १० जना घाइते भएका छन् भने १४ जना बेपत्ता भएका एक समाचार पोर्टलमा जनाइएको छ । 

राष्ट्रपति अनुरा कुमारा दिसानायकेले २५ प्रशासनिक जिल्लामध्ये १७ मा बिग्रँदै गएको अवस्थाको मूल्यांकन गर्न संकट बैठक बोलाएका छन् ।

मौसम विभागका अनुसार टापुको दक्षिणपूर्वमा न्यूनचापीय रेखा बनेको छ । यो तीव्र हुँदै गएको र बट्टिकालोआबाट २१० किलोमिटर दक्षिणपूर्वमा केन्द्रित रहेको विभागको भनाइ छ । आगामी १२ घण्टामा यो उत्तरपश्चिमतिर सर्ने र गहिरो डिप्रेसनमा परिणत हुने सम्भावना धेरै भएको बताइएको छ ।

टापुका धेरै भागहरूमा २०० मिमिभन्दा बढीको भारी वर्षा हुने सम्भावना बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप