अपडेट
कृष्णबहादुर महरा रिहा
बिहीबार, ११ मङ्सिर २०८२, १७ : ३०
सारांश
- पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका छन्।
- उच्च अदालतको आदेशपछि उनी केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन्।
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् ।
महरालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार असोज २९ देखि महरा पुर्पक्षको लागि कारागारमा थिए ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्ववय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन प्रकरणमा संलग्न आरोपमा महरालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

उनीविरुद्ध सरकारी वकिलले ८ करोड ५५ लाख ८८ हजार बिगो मागदावी लिएर अभियोगपत्र दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण