काठमाडौँका सडक खाल्डाखुल्डी मुक्त बनाउन ‘सडक एम्बुलेन्स’ सञ्चालनमा
काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले सहरका सडकलाई खाल्डाखुल्डी रहित (पटहोल फ्री ) बनाउन नयाँ अभियानको सुरुवात गरेको छ ।
डिभिजनले आफ्नो कार्यक्षेत्र भित्रका सडकको तत्काल मर्मत सम्भार गर्नका लागि ‘सडक पटहोल मर्मत एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको हो ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय काठमाडौँ परिसरमा सडक पटहोल मर्मत एम्बुलेन्स र पटहोल मर्मतसम्बन्धी एपको उद्घाटन गरेका छन् ।
डिभिजन प्रमुख सुबोध कुमार देवकोटाका अनुसार कार्यालय अन्तर्गतका ४७२ किलोमिटर सडकलाई पूर्ण रूपमा खाल्डाखुल्डी रहित बनाउने उद्देश्यले यो अभियान थालिएको हो । यो एम्बुलेन्स सेवाले वर्षको ३६५ दिन र २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।
प्रमुख देवकोटाका अनुसार यो एक अत्याधुनिक र स्वचालित मर्मत सेवा हो । विपद्को समयमा सडक अवरुद्ध हुँदा वा जाम हुँदा तत्काल टोली पुगेर सडक खुलाउन र मर्मत गर्न यसले काम गर्नेछ ।
परम्परागत रूपमा मजदुर लगाएर गरिने मर्मत भन्दा यो मेसिनबाट गरिने काम निकै छिटो, छरितो र सुरक्षित हुने उनले दाबी गरे ।
डिभिजनसँग हाल यस्ता ६ वटा एम्बुलेन्स (मेसिन) रहेका छन् । यो मेसिन पूर्ण रूपमा स्वचालित (अटोमेटिक) छ। यसमा ५० डिग्री तापक्रममा इमल्सन तताउने, स्प्रे गर्ने, खाल्डो काट्ने, हावा वा पानीले सफा गर्ने र खाल्डो पुरेपछि कम्प्याक्सन गर्ने सबै सुविधा एउटै गाडीमा जडान गरिएको छ ।
सडक मर्मतलाई प्रभावकारी बनाउन डिभिजनले एउटा विशेष मोबाइल एप (रोड मेन्टिनेन्ससाइट रेस्क्यु–आरएमएसआर) पनि विकास गरेको छ ।
प्रमुख देवकोटाले भने, ’कुनै ठाउँमा खाल्डाखुल्डी देखिएमा नागरिकले एपमार्फत फोटो खिचेर अपलोड गर्न सक्नेछन् । जीपीएसमार्फत लोकेसनका आधारमा हाम्रो सिस्टममा त्यो खाल्डो ‘रातो सिग्नल’ का रूपमा देखिन्छ। त्यसपछि हामी रुट प्लान गरेर तत्काल मर्मत गर्छौँ। मर्मत सकिएपछि सोही ठाउँको फोटो अपलोड गरेपछि सिस्टममा ‘ग्रीन सिग्नल’ बल्छ।’
सडकमा धेरै जाम नहोस् भनेर अधिकांश मर्मत कार्य बेलुकाको समयमा हुने गरेको छ । अब यो एम्बुलेन्स सञ्चालन पछि इमर्जेन्सी परेको खण्डमा भने दिउँसो पनि मर्मत टोली खटिनेछ ।
यो अभियानलाई ‘पाइलट प्रोजेक्ट’ को रूपमा काठमाडौँबाट सुरु गरिएको र यो सफल भएपछि अन्य डिभिजनहरूमा पनि विस्तार हुने विश्वास प्रमुख देवकोटाले व्यक्त गरेका छन् । दुई महिनाको पूर्व तयारीपछि यो सेवा सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण