पोखरालाई छैटौँ सफलता, विपिनले लिए चौथो विकेट
बिहीबार, ११ मङ्सिर २०८२, १८ : २५
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध छैटौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनपुरले कप्तान मयान यादवको रूपमा छैटौँ विकेट गुमाएको हो ।
मयानलाई विपिन खत्रीले क्याच आउट गराए । टिमका लागि चौथो विकेट लिएका विपिनले पहिलो ओभरमा दुई विकेट लिएका थिए ।
उनले चार ओभर बलिङ गरेर १४ रन खर्चिए । यो विकेटसँगै जनपुरले ९ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै ४५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण