पेरुका पूर्वराष्ट्रपतिलाई १४ वर्षको जेल सजाय
लिमा । दक्षिणी राज्यको गभर्नर हुँदा भ्रष्टाचार योजनामा भूमिकाका लागि पूर्वराष्ट्रपति मार्टिन भिजकार्रालाई पेरुको एक अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ ।
भिजकार्रालाई तत्काल कारावासको सजाय सुनाइएको छ र नौ वर्षका लागि सार्वजनिक पदबाट प्रतिबन्ध लगाइएको छ ।
मोकेगुआको गभर्नरका रूपमा आफ्नो कार्यकालमा भिजकार्राले २०११ देखि २०१४ को बिचमा दुई प्रमुख परियोजना सिँचाइ प्रणाली र अस्पतालको ठेक्काको बदलामा कम्पनीहरूबाट अवैध भुक्तानी प्राप्त गरेको निष्कर्ष अदालतले निकालेको छ ।
अधिकारीहरूले भिजकार्रालाई निर्माण कम्पनीहरूबाट लगभग ६ लाख ७६ हजार डलर घुस लिएको आरोप लगाएका थिए ।
अभियोजकहरूले १५ वर्षको जेल सजायको लागि अनुरोध गरेका थिए । अदालतको फैसलालाई भिजकार्राले माइक्रोब्लगिङ वेबसाइट एक्समा ‘यो न्याय होइन्, प्रतिशोध हो’ भनेका छन् । भिजकार्राको वकिलको समूहले यो फैसलाविरुद्ध पुनरावेदनमा मुद्दा हालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण