केपी ओलीलाई अनेक प्रपोगाण्डा गरेर कमजोर नबनाऔँ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अनेक प्रपोगाण्डा गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउन नहुनेमा जोड दिएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
आन्तरिक र बाह्य दुवै मोर्चाबाट एमाले कठोर दबाब झेलिरहेको बताउँदै नेता बस्नेतले भने,'संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टी भित्र अनावश्यक तरङ्ग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ। पार्टी चुनावतिर अघि बढ्दै छ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो? अनेक प्रपोगाण्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस् ?'
उनले आजको प्रश्न कसले नेतृत्व दाबी गर्छ भन्ने नभई कसले पार्टी बचाउन सक्छ भन्ने रहेको बताए ।
पार्टीलाई अहिले मजबुत सङ्गठन, सही कार्य दिशा र जुझारु सशक्त क्रान्तिकारी पङ्क्ति चाहिने बताउँदै केपी ओलीकै दृढ नेतृत्वमा सम्भव रहेको उल्लेख गरे ।
उनले भने,'एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र सङ्गठनको दृढता बाट मात्र सम्भव हुन्छ। पोखरेलजस्ता नेता एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो। पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ—स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा सङ्गठित एमाले।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण