शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका दुई उपरीक्षक वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

शुक्रबार, १२ मङ्सिर २०८२, ०० : २८
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • सशस्त्र प्रहरीका दुई उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ।
  • डा. प्रविन नेपाललाई स्वास्थ्यतर्फ र समिक कुमार महर्जनलाई साधारण समूहतर्फ बढुवा सिफारिस गरिएको हो।
  • गृह मन्त्रालय अन्तर्गत बढुवा समितिले बुधबार सूचना प्रकाशित गरेको छ।

काठमाडौँ । सशस्त्र प्रहरीका दुई उपरीक्षक वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले बुधबार प्रकाशित गरेको एक सूचना अनुसार स्वास्थ्यतर्फ र साधारण समूहतर्फका एक–एक जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा पदोन्नति सिफारिस गरिएको हो।

स्वास्थ्य प्राविधिक समूहतर्फ रिक्त रहेको एक पदका लागि डा. प्रविन नेपाल लाई वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ।

यस्तै, साधारण समूह, साधारण उपसमूहतर्फ उच्च पदमा बढुवा नियुक्तिपछि रिक्त एक पदमा समिक कुमार महर्जनलाई वरिष्ठ उपरीक्षकमा सिफारिस गरिएको सचिवालयले जनाएको छ।

apf 2apf 1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप