शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

धनगढीमा सन्देश सभा गर्दै नेपाली कम्युनिस्ट पार्टी

शुक्रबार, १२ मङ्सिर २०८२, ०८ : १३
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ।
  • प्रचण्ड, माधव नेपाल र भीम रावललगायतका नेताहरू सभामा सहभागी हुनेछन्।
  • पार्टीले देशका विभिन्न प्रदेशहरूमा सन्देश सभा गर्ने योजना बनाएको छ।

कैलाली । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्ने भएको छ । विभिन्न वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि  प्रदेशमा सन्देश सभा गरिने भएको हो । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल,  नेता भीम रावललगायत धनगढीमा आज हुने कार्यक्रममा सहभागी हुने छन्। 

सातै प्रदेशमा सन्देश सभा गर्न लागेको यो पार्टीले आज सुरुवात सुदूरपश्चिमबाट गर्न लागेको हो।

लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुने पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप