पशुबिमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित
सारांश
- पनौतीमा पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ।
- यस कार्यक्रमले गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर र पन्छीको बिमा गर्छ।
- नगरपालिकाले भैँसी संरक्षणका लागि भत्ता कार्यक्रम पनि चलाएको थियो।
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ ।
बिमा कार्यक्रममार्फत नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बिमा गरिएको हो । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै वडाबाट चार हजार ४८ किसान कार्यक्रममा सहभागी छन् । किसानले व्यक्तिगत रुपमा पशुको बिमा गर्दा रु एक हजार ४००देखि रु एक हजार ५०० सम्म खर्च हुने गरेको छ ।
पनौती नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, ६ हजार भैँसी, ५०० बङ्गुर तथा झण्डै एक लाख पन्छी छन्। नगरले हालसम्म पाँच हजार २८१ गाई, दुई हजार २३१ भैँसी, पाँच हजार ७८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बङ्गुरको बिमा गरेको छ ।
पालिकाकी शाखा प्रमुख दिपिकाले २०० पशुको दाबी भुक्तानी भइसकेको बताइन्। नगरले यसअघि ‘भैँसी संरक्षण सम्बर्द्धन अभियान’ अन्तर्गत प्रतिभैँसी रु पाँच हजार ‘‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रम सञ्चालन गरेको थियो। नगरमा भैँसीको सङ्ख्या तेब्बर पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण