अपडेट
सुनको मूल्य तोलामा साढे २ लाख रुपैयाँ नाघ्यो
शुक्रबार, १२ मङ्सिर २०८२, ११ : ३५
सारांश
- शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा साढे २ लाख रुपैयाँ नाघ्यो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ लाख ५० हजार ६०० रुपैयाँ पुग्यो।
- बिहीबारको तुलनामा चाँदीको मूल्य पनि बढेर ३ हजार ३४५ रुपैयाँ पुग्यो।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण