धनुष र कृतिको 'तेरे इश्क मेँ' नेपालमा पनि रिलिज
शुक्रबार, १२ मङ्सिर २०८२, १२ : ५४
सारांश
- धनुष र कृति सेनन अभिनीत फिल्म 'तेरे इश्क मेँ' नेपालमा प्रदर्शनमा आएको छ।
- फिल्ममा प्रेम, पीडा, जोखिम र भावनात्मक द्वन्द्वको कथालाई प्रस्तुत गरिएको छ।
- यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएको छ।
मुम्बई । अभिनेता धनुष र कृति सेनन अभिनीत प्रतीक्षित फिल्म ‘तेरे इश्क मेँ’ नेपालमा पनि प्रदर्शनमा आएको छ । धनुष र कृतिलाई रोमान्टिक अन्दाजमा देख्न सकिन्छ । प्रेम–ड्रामामा निर्माण भएको फिल्मलाई नेपाली हलले पनि राम्रो शो दिएको ।
निर्माता–निर्देशक आनन्द एल. रायको निर्देशन रहेको फिल्म विश्वव्यापी प्रदर्शनमा आएको हो । प्रेम, पीडा, जोखिम र भावनात्मक द्वन्द्वको मिश्रणलाई तीव्र नाटकीय शैलीमा प्रस्तुत गरिएको फिल्ममा ए.आर. रहमानको संगीत छ।
टी–सिरीज र कलर यलो प्रोडक्सनको सहकार्यमा बनेको फिल्मलाई भूषण कुमार, आनन्द एल. राय, हिमांशु शर्मा र कृशन कुमारले निर्माण गरेका हुन् ।
यो फिल्म हिन्दी, तमिल र तलेगु भाषामा दर्शकले हेर्न पाउनेछन् । नेपालमा यस फिल्मको बिचरण नेपाल बाहेक विश्वव्यापी प्रदर्शन हुन लागेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण