शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

३८ वर्षपछि पक्राउ परे डाँकाचोरी मुद्दाका फरार प्रतिवादी

शुक्रबार, १२ मङ्सिर २०८२, १४ : १८
शुक्रबार, १२ मङ्सिर २०८२

काठमाडौँ । डाँकाचोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलिबजार नगरपालिका–८ घर भएका ६४ वर्षीय बुद्धि बहादुर शाही छन् । 

मंसिर १० मा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रसन्न राज चौधरीले जानकारी दिए ।

उनीविरुद्ध २०४३ माघ ७ मा स्याङ्जा जिल्ला अदालतले ८ महिना ४ दिन कैद सजाय हुने फैसला गरेको थियो । 

उनी पुतलिबजार नगरपालिका वडा नम्बर–८ स्थित गेउडाँडामा भएको डाँकाचोरीमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

अदालतको आदेशले उनलाई कारागार चलान गरिएको डीएसपी चौधरीले जानकारी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप