एमालेको ११ औँ महाधिवेशन : नेता तानातानमा ओली–पोखरेल
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र उनलाई चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच नेता तानातान सुरु भएको छ ।
शुक्रबार अपराह्न नेता तानातानको त्यही दृश्य एकाएक भाइरल हुन पुग्यो । गुन्डुबाट बाहिरिएको सूचनामा एमालेका १८ मध्ये मध्यमार्गी धारमा रहेका सात पदाधिकारी ओलीतिर खुलेको सन्देश समेटिएको थियो ।
शुक्रबार काठमाडौँमा भएको छलफल र बैठकबाट ‘एमालेका ७ मध्यमार्गी पदाधिकारी ओलीको पक्षमा खुले’ भनेर आएका समाचारले थप अर्को विवाद जन्माएको छ। खुले भनिएकै केही नेताले गुन्डुको त्यो प्रयासलाई मिडिया ट्रायल पनि भनेका छन् ।
शुक्रबार काठमाडौँमा बसेको भनिएको बैठकले त्यो निर्णय गरेको भनिए पनि केही पदाधिकारीहरू उपत्यका बाहिरै रहेका छन् ।
बैठकमा भाग लिएका भनिएका ती सात पदाधिकारीहरूमध्ये सचिव रघुवीर महासेठ अहिले जनकपुरमा छन् । अर्की सचिव पद्मा अर्याल बिरामी भएर आराम गरिरहेको खुलेको छ।
त्यसैगरी अर्का सचिव लेखराज भट्ट कैलालीमा रहेको खुलेको छ । शनिबार महाधिवेशन प्रतिनिधि छनोट हुनुअघि गुन्डुले मिडिया ट्रायल गरेको भन्दै पोखरेल पक्षले आपत्ति जनाएको छ।
ती सातजना नेताले सामूहिक निर्णय गरेर अध्यक्ष ओलीतिर खुलेको समाचार बाहिरिएसँगै एमालेभित्रको कलहले नयाँ उचाइ लिएको छ ।
उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेको समाचार आइरहेका सन्दर्भमा केहीले त्यो निर्णय नभएको बताएका छन् ।
जनकपुरमा रहेका सचिव महासेठले छलफल नै नभएको विषयमा सूचना प्रवाह गरिएकोमा आपत्ति जनाएका छन् । उनले अन्य पदाधिकारीहरूसँग यसबारे असन्तुष्टि प्रकट गरेका छन् ।
उता कैलालीको धनगढीस्थित निवासमा रहेका अर्का सचिव भट्टले आफूनिकट कार्यकर्ता र प्रतिनिधिहरूलाई टेलिफोन गरेर भ्रममा नपर्न भन्दै सचेत गराएकाे पाेखरेल पक्षीय नेताहरूले बताएका छन् ।
उता उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने आफू उपाध्यक्षमा उठ्ने गरी अध्यक्ष ओलीलाई नै साथ दिन तयार भएको बताएका छन् । उनले अहिलेको अवस्थामा ओलीको विकल्प नरहेको बताएका छन् । तर उनले पनि शुक्रबार पदाधिकारीहरूबिच छलफल भएको कुरामा भने अनभिज्ञता प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण