ओलीको पक्षमा खुले एमालेका ७ जना पदाधिकारी
सारांश
- नेकपा एमालेका ७ जना पदाधिकारीहरूले केपी शर्मा ओलीलाई अध्यक्षमा निरन्तरता दिनुपर्ने पक्षमा समर्थन जनाएका छन्।
- उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल लगायतका नेताहरू ओलीको पक्षमा खुलेका हुन्।
- एमाले महाधिवेशनमा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धाको सम्भावना देखिएपछि यो निर्णय आएको हो।
काठमाडौँ । नेकपा एमालेका ७ जना केन्द्रीय पदाधिकारीहरू आगामी महाधिवेशनमार्फत अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा खुलेका छन् । एमालेको १९ सदस्यीय पदाधिकारी (सचिवालय) कमिटीमा हाल १८ जना छन् ।
त्यसमध्ये ७ जनाले ओलीलाई अध्यक्षमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका हुन् । उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेका हुन् ।
एमाले महाधिवेशनमा अध्यक्षका लागि ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने अवस्था देखिएपछि उनीहरू ओलीको पक्षमा खुलेका हुन् ।
‘अहिलेको अवस्थामा एमालेको नेतृत्व ओलीकै हुनुपर्छ भन्नेमा हाम्रो समान मत रह्यो, मैले त सचिवालय बैठकमै यो घोषणा गरेको हो’, सचिव लेखराज भट्टले रातोपाटीसँग भने, ‘अरु साथीहरू पनि छलफलमा हुनुहुन्थ्यो अहिले खुल्नुभयो भन्ने सुनेको छु ।’
यसअघि उपाध्यक्ष पौडेल, उपमहासचिव गुरुङ र सचिव छविलाल विश्वकर्मा र रघुवीर महासेठ पोखरेल समूहमा आउन सक्ने पोखरेल समूहका नेताहरूले दावी गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण